एमसीसी ल्याउनु अपराध हो: नारायणमान बिजुक्छेँ

एमसीसी ल्याउनु अपराध हो: नारायणमान बिजुक्छेँ

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ  (रोहित)ले नेपालमा मिलेनिएम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ ल्याउनु अपराध भएको बताएका छन् । 

उनले एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै नेपाल र नेपाली जनताको लागि एमसीसी घातक भएको जिकिर गरेका हुन् । 

बिजुक्छेँले नेपालका केही शीर्ष राजनीतिक दलहरूले एमसीसी पास गर्न कम्मर कसेकोमा दुख व्यक्त गर्दै आफ्नो पार्टीले सडक र सदन दुबैमा विरोध गर्ने बताए । उनले एमसीसी अमेरिकाको सैन्य रणनीतिमा आधारित भएकोले पास गर्न नहुने बताए ।   

बिजुक्छेँले भने, नेपाल एक स्वतन्त्र मुलुक हो । नेपालको धर्म, संस्कार, संस्कृति, रहनसहन, लवाइखुवाई, भेसभुसा तथा भाषा शैली अरू देशको भन्दा भिन्न छ । नेपालमा प्राकृतिक स्रोत र साधनहरू   नदीनाला, जडीबुटी, बहुमूल्य धातु, तेल खानि प्रशस्त मात्रामा रहेका छन् । जसमा अमेरिकाले आँखा लगाएको छ । विद्युत् उत्पादन तथा सडक सञ्जाल जोड्ने नाममा हाम्रा प्राकृतिक स्रोत र साधन उत्खनन गर्दै त्यहाँबाट अत्यधिक लाभ लिने अमेरिकाको रणनीति हो ।   

अमेरिकाले विश्वभरि आफ्नो प्रभुत्व जमाउने उद्देश्यका साथ अल्पविकसित र विकासोन्मुख मुलुकहरूमा सहयोगका नाममा सीमित पैसा दिएर मनग्यरुपमा लाभ लिइरहेको बताए । एमसीसी पासको विषय पछिल्लो समय जनस्तरबाटै विरोध हुन थालेपछि राजनीतिक दलहरू अन्योलमा पर्न थालेको बिजुक्छेँको बुझाइ रहेकाे छ ।

Skip This
Skip This
Logo