नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका यादवले राजनीतिक दलमा पुस्तान्तरणको कुरा पुँजीवादी शैली रहेको टिप्पणी गरेका छन् ।
माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अनुभवी नेतालाई हटाएर नजानेका नेतालाई नेतृत्व दिने विषय पुँजीवादी शैली रहेको बताए ।
क्रान्तिलाई बीच बाटोमा छाडेर जाने विषय उचित नरहेको भन्दै उनले एमाले र माओवादीबीच एकता भएर गठन भएका नेकपा विभाजन कसले गरायो ? प्रश्न गरे ।
‘प्रचण्ड जी समाजवादी क्रान्तिमा सहमत हुनुभयो । कोही प्रधानमन्त्री बन्न एकता गर्नुभयो’, उनले भने, ‘सबै कुरा सर्वेसर्वा भनेर नमान्दा विभाजन भयो ।’





























प्रतिक्रिया