एमसीसी मैले त राष्ट्रघाती देखेको छैन: प्रधानमन्त्री देउवा

एमसीसी मैले त राष्ट्रघाती देखेको छैन: प्रधानमन्त्री देउवा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन्।

उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौता नगर्ने बताए।

'एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन। प्रजातन्त्रको लागि देशको लागि लडेको मान्छे हुँ। मैले राष्ट्रघाती सम्झौता गरौला र ? म पनि देशभक्त नेपाली हो नि । एमसीसी सहमतिमै आएको छ। राष्ट्रघाती भन्नुभन्दा पहिले बुझ्नुस् के,' देउवाले भने ।

यसका साथै माओवादीको महाधिवेशनबाट पुष्पकमल दाहाल प्रचण्ड नै अध्यक्ष हुने जस्तो देखिएको भन्दै देउवाले शुभकामनासमेत दिएका थिए।

Logo