नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि सुरु हुने भएको छ।
माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो। उद्घाटनसत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ।
नेता जनार्दन शर्माका अनुसार भोलि विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुनेछ।
देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्। १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।
माओवादीले यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ।





























प्रतिक्रिया