सात बुँदे मागसहित सिके राउत नेतृत्वको जनमत पार्टी आन्दोलनमा

सात बुँदे मागसहित सिके राउत नेतृत्वको जनमत पार्टी आन्दोलनमा

केन्द्रबिन्दु
0
Shares

सिके राउत नेतृत्वको जनमत पार्टी सिरहा किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ।

पक्राउ परेका किसानको रिहाइ हुनु पर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने,  किसानलाई मल, बिउको व्यवस्था गरिनु पर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, बालीको उचित मूल्य कायम गरिनु पर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो।

जनमतले आज सिरहामा चक्काजामको घोषणा गरेको छ। आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दिइएको छ।

Logo