पूर्वप्रधानन्यायाधीशहरुको सम्पत्ती छानविनकाे माग गर्दै अधिवक्ता स्वागत नेपालद्वारा उजुरी दर्ता

पूर्वप्रधानन्यायाधीशहरुको सम्पत्ती छानविनकाे माग गर्दै अधिवक्ता स्वागत नेपालद्वारा उजुरी दर्ता

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरु लगायतको सम्पत्ती छानविन गर्न माग गर्दै सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ।

न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधीशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो। अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएका हुन्। 

अभियानका अध्यक्ष नेपालले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि बेञ्च वार समन्वय समितिमा रहने न्यायाधीशहरु लगायत पूर्वन्यायाधीशहरु, बारका पूर्वनेतृत्व र वर्तमान नेतृत्व भ्रष्टाचारमा संलग्न रहेको पुष्टि गरेको बताए। उनीहरुले भ्रष्टाचार गरेर सम्पत्ति कमाएको ठहर अभियानले समेत गरेकाले छानविनको माग गर्दै उजुरी दिएको अधिवक्ता नेपालले बताए। 

अभियानले पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीशहरुको निधन भइसकेको अवस्था देखिएमा उनीहरुका परिवारका सदस्यउपर पनि छानविन गरिनुपर्ने माग गरेको छ।

Logo