माओवादी बन्दसत्र : प्रतिवेदनमा उठेका प्रश्नमाथि अध्यक्ष प्रचण्ड जवाफ दिँदै

माओवादी बन्दसत्र : प्रतिवेदनमा उठेका प्रश्नमाथि अध्यक्ष प्रचण्ड जवाफ दिँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ। महाधिवेशनको छैठौं दिन आज अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले प्रस्तुत गरेको राजनीतिक वैचारिक दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिन सुरु गरेका छन्।

दिउँसो १ बजेबाट सुरु भएको बन्दसत्रमा यसअघि निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गरेर अध्यक्ष प्रचण्डले उठेका प्रश्नमाथि जवाफ दिन सुरु गरेका हुन्।

बन्दसत्रको दिन अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमा छलफल तथा निष्कर्ष सुझाव सुनाउन २५ वटा समूह गठन गरिएको थियो। २५ वटै समूहले बिहीबारसम्म विभिन्न प्रश्न उठान गर्दै निष्कर्ष सुनाइसकेपछि अध्यक्ष दाहालले जवाफ दिन थालेका हुन् ।

समूहगत छलफलबाट कम्युनिस्ट नेताको आचरण, संस्कार, जीवनशैली, वैचारिक स्पष्टतादेखि अन्तर्राष्ट्रिय विषयसम्म थुप्रै सुझाव आएका छन्। जसलाई दस्तावेजमा समेट्न माग गरिएको छ।

Skip This
Skip This
Logo