नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा पदाधिकारीसहित सबै सदस्यहरू सर्वसम्मत गर्ने तयारीमा जुटिरहेको बेला भातृ संगठन अनेरास्ववियूले भने पदाधिकारी चयन नै नगरी जिल्ला अधिवेशन सकेको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) मोरङ जिल्ला कमिटीको २३औँ जिल्ला अधिवेशन पदाधिकारीविनाको ५१ सदस्यीय समिति घोषणा गर्दै शनिवार बिहान सम्पन्न भएको हो ।
शुक्रवारदेखि विराटनगरमा जारी जिल्ला अधिवेशन शनिवार बिहान ५१ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । अध्यक्षका आकांक्षी चार जना भएपछि पदाधिकारी टुङ्गाउन नसक्दा बैठकबाट पदाधिकारी चयन गर्ने गरी अधिवेशन सम्पन्न भएको बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष तथा अनेरास्ववियूका उपमहासचिव भास्कर खनालले बताए । उनका अनुसार २९ पुसमा बस्ने बैठकले अध्यक्षसहित अन्य पदाधिकारी टुगाउने भएको छ । एमालेले जिल्ला अधिवेशनमा भने पदाधिकारीसहित सबै सदस्य सर्वसम्मति बाटै गर्ने गरी तयारी भइरहेको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोख्रेलले बताए ।































प्रतिक्रिया