माओवादीको निर्वाचन तालिका प्रकाशितः आज उम्मेद्वारी दर्ता, भोलि मतदान

माओवादीको निर्वाचन तालिका प्रकाशितः आज उम्मेद्वारी दर्ता, भोलि मतदान

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ ।

प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो। 

अपरान्ह ४ बजेसम्म मतदाता उपर दावी बिरोधको समय, मतदाता नामावलीमा दावी बिरोधको सुचना ४ः१५ बजेसम्म, ४ः५० सम्म दाबी बिरोध माथी अन्तिम निर्णय लिएसँगै मतदाता नामावली सार्वजनिक हुनेछ ।

यसैगरी, उम्मेदवार मनोनयनको प्रक्रिया भने आजै साँझ ८ बजेदेखि सुरु हुनेछ भने भने राति १०ः३० मा उम्मेदवार मनोनयनपछिको सूची सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

राति १०:३० मा उम्मेदवारी सूची सार्वजनिक गरे लगत्तै आइतवार बिहानवाट उम्मेदवारको बिरोधमा उजुरी दिन समय बिहान ८ देखि ८ः३० सम्म तोकिएको छ । साथै, उम्मेदवारको बिरोधमा परेको उजुरीको सूचना ८ः३५ मा निर्वाचन समितिले दिनेछ । 

उक्त उजुरी उपर निर्वाचन समितिले छानबिन भने बिहान ८ः४० देखि ९ बजेसम्म गर्नेछन् र ९ः१० बजे उम्मेद्वारको नामावली सार्वजनिक गर्नेछ । जसअनुसार ९ः३० देखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय समितिले दिएको छ।

बिहान ११ः४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११ः३० वाट मतदान प्रक्रिया सुरु भई ४ बजेसम्ममा सम्पन्न गर्ने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ।

Logo