आज प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची?

आज प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची?

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएकाे हाे।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/७८ पेश गर्ने एउटै मात्रै कार्यसूची रहेको छ।

त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्ने बताइएकाे छ।

संसद भवनको शंकर हलमा बस्ने परामर्श समितिको बैठकमा संसदको अवरोध हटाउन पहल हुने बताइएकाे छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग स‌म्वोधन नभएकाले संसद अवरोध जारी रहने अडान कायमै राखेको छ। 

Logo