प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बारको बिरोध प्रदर्शन कायमै

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बारको बिरोध प्रदर्शन कायमै

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरुले बिरोध प्रदर्शन गरेका छन् ।

आइतबार पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारी तथा कानून व्यवसायीहरुले आन्दोलन गरेका हुन् । 

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति र विसंगति हटाउनका लागि आफूहरुले आवाज उठाएको बताए। उनले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन हुनुपर्ने र त्यसका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताए। अध्यक्ष श्रेष्ठले बारले केही समयपछि राष्ट्रिय सम्मेलन गर्न लागेको र सम्मेलनमा न्यायपालिका सुधारको लागि हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा भइरहेको बाधालाई हटाएर काम अघि बढाउने बताए।

अध्यक्ष श्रेष्ठले काठमाडौं उपत्यका बाहिर रहेका कानून व्यवसायीहरुले अहिले भइरहेको आन्दोलन पर्याप्त नभएको गुनासो गरेसँगै अब झनै सशक्त आन्दोलन गर्ने बताए। 

Skip This
Skip This
Logo