यथास्थितिमा एमसीसी पारित नगरियोस्: माओवादी केन्द्र

यथास्थितिमा एमसीसी पारित नगरियोस्: माओवादी केन्द्र

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको छ।

काठमाडौंमा हालै सम्पन्न आठौँ महाधिवेशनबाट समसामयिक प्रस्ताव पारित गर्दै माओवादीले एमसीसी यथास्थीतिमा पारित नगर्ने निष्कर्ष निकालेको हो।

‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस्,’ माओवादीको जोड छ, ‘यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसदसहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ।’

Skip This
Skip This
Logo