राष्ट्रिय सभाको चुनावमा गठबन्धन दलले जित्ने कांग्रेस महामन्त्री शर्माकाे जिकिर

राष्ट्रिय सभाको चुनावमा गठबन्धन दलले जित्ने कांग्रेस महामन्त्री शर्माकाे जिकिर

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता शेखर कोइरालाको गृहजिल्ला माेरङ आएर सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन्।

मंगलबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार महामारी नियन्त्रणमा सफल भएकाले अहिलेको सरकार सफल भएकोसमेत दाबी गरे। उनले राष्ट्रिय सभाको चुनावमा गठबन्धन दलले जित्ने जिकिर गरे।

राष्ट्रिय सभाको चुनावमा मात्रै कि आउने चुनावमा पनि गठबन्धन कायमै हुन्छ भन्ने सञ्चारकर्मीको जवाफमा उनले पास्नीको समयमा पास्नीको शुभकामना दिनुपर्ने बताए । पास्नीमा गएर विवाहको शुभकामना दिन नहुने भन्दै उनले पछिको कुरा पछि नै हुने बताए । उनले महाधिवेशन पछाडि सभापतिसमेत रहेका देउवा नेतृत्वको सरकारलाई काम गर्न थप ऊर्जा मिलेको बताएका छन्।

राष्ट्रिय सभाको चुनावमा कांग्रेसलाई गठबन्धनसँग मिल्दा तीनवटा सिटमा फाइदा पुगेको शर्माले बताए। पहिला तीनवटा सिटमा मात्रै कांग्रेसकाे भएकामा अन्य तीनवटा सिट पनि कांग्रेसका लागि फाइदा भएको उनले उल्लेख गरे। प्रदेश १ मा मात्रै एमालेसँग प्रतिस्पर्धा देखिएको बताउँदै उनले सातवटै प्रदेशमा गठबन्धन दलले चुनाव जित्नेसमेत दाबी गरे। महामन्त्री शर्मा राष्ट्रिय सभाका सदस्य गोपाल बस्नेतको टिकट लिएर विराटनगर आएका हुन्। 

Skip This
Skip This
Logo