कांग्रेस वागमती प्रदेश समितिलाई प्रविधिमैत्री बनाइने

कांग्रेस वागमती प्रदेश समितिलाई प्रविधिमैत्री बनाइने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस वाग्मती प्रदेश समितिको हेटौँडामा बसेको पहिलो बैठकले पार्टीलाई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ। 

प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको सो बैठकले पार्टीलाई प्रविधिमैत्री बनाउनका लागि समितिको फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बनाउने र सोमार्फत पार्टीको स्थानीय तहदेखि केन्द्रिय समितिसम्मको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सो समितिले जनाएको छ। 

 बैठकले सङ्घीय राजधानी काठमाडौँमा प्रदेश समितिको सम्पर्क कार्यालय स्थापना गर्ने र पार्टीको १४औँ महाअधिवेशनबाट निर्वाचित प्रदेश समितिका सभापति, पदाधिकारी तथा सदस्यलाई माघको पहिलो साताभित्रै प्रशिक्षण दिनेसमेत निर्णय भएको समितिका महामन्त्री राजु श्रेष्ठले जानकारी दिए।
 
बैठकअघि निर्वाचन अधिकृत केशवराज काफ्लेले प्रदेश समितिका नवनिर्वाचित सभापति, पदाधिकारी र सदस्यलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

Skip This
Skip This
Logo