नेपाल स्काउटमा भण्डारी नै कायम, नयाँ नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेपाल स्काउटमा भण्डारी नै कायम, नयाँ नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

केन्द्रबिन्दु
0
Shares

नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिमा नयाँ पदाधिकारी नियुक्ति गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

मंगलबार भएको सुनुवाइपछि भण्डारी नेतृत्वको तदर्थ समितिले अन्तिम फैसला नभएसम्म कामकाज गर्न पाउने बाटो खुलेको छ। 

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लोकबहादुर भण्डारीलाई हटाएर रविन दाहाललाई राष्ट्रिय संयोजक बनाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

यसअघि भण्डारीले अन्तरकालीन अन्तरिम आदेशमार्फत काम सुरू गरिसकेका छन्।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्रीस्तरीय निर्णयबाट केपी ओली सरकारले नियुक्त गरेको भण्डारीलाई पदमुक्त गरी रविन दाहालको नेतृत्वमा तदर्थ समिति गठन गरेपछि सो निर्णय गैरकानूनी भएको भन्दै भण्डारी सर्वोच्च अदालत गएका थिए।

अब अन्तरिम आदेशसँगै भण्डारी नेतृत्वको कार्यसमितिलाई काम गर्न बाटो खुलेको हो।

Skip This
Skip This
Logo