संसदको अवरोध हटाउन दलहरु बिचमा सहमतिको बिन्दु खोजिनु पर्छः रामचन्द्र पौडेल

संसदको अवरोध हटाउन दलहरु बिचमा सहमतिको बिन्दु खोजिनु पर्छः रामचन्द्र पौडेल

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बिचमा सहमतिको बिन्दु खोज्नु पर्ने बताएका छन्।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले संसदको अवरोध हटाउनका लागि सहमतिको बिन्दुको खोजी गर्नुपर्ने बताएका हुन्। उनले समितिको बैठकमा आफूले संसद र अदालतको अवरोध हटाउनका लागि सहमति र सम्झौताको विन्दु खोज्नुपर्ने राखेको पनि जानकारी दिए। उनले सबै गतिरोधहरुलाई हटाएर मुलुकलाई गति दिनुपर्ने बताए।

संयोजक पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले गतिरोध अन्त्य गरी समाधान निकाल्नका निम्ति अग्रसरता देखाउनुपर्नेमा जोड दिएको पनि बताए। आफूले सुझावहरु समेत पेश गरेको भन्दै उनले सो सुझावहरुको विषयमा पनि छलफल गरिने उल्लेख गरे।

Logo