नैतिक आधारमा पार्टीबाट अलग हुन सक्छु तर राप्रपा फुटाउँदिनँ : कमल थापा

नैतिक आधारमा पार्टीबाट अलग हुन सक्छु तर राप्रपा फुटाउँदिनँ : कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले आफूले पार्टी नफुटाउने दाबी गरेका छन्। 

बिहीबार सामाजिक सञ्जालमार्फत थापाले विचार नमिले पार्टीबाट कुनै दिन नैतिक आधारमा अलग हुन सक्ने भएपनि राप्रपा कदापी नफुटाउने दाबी गरेका छन् । 

आफू निरंकुश र सक्रिय राजनीतिको पक्षमा नभएको भन्दै उनले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीतिकभन्दा माथि बस्न नचाहेको स्पष्ट संकेत मिलेको बताएका छन् । 

विगतमा आफूले राजसंस्थाको एजेण्ड बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र 'सिनो' बोकेर हिँडेको भन्दै गाली गर्नेहरुले नै अहिले आफूले राजा राजनीतिभन्दा माथि रहनुपर्छ भन्दा आफ्नो खेदो खनिरहेको आरोप थापाको छ। 

Logo