गठबन्धन उच्चस्तरीय समिति बैठक : संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय

गठबन्धन उच्चस्तरीय समिति बैठक : संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले अवरुद्ध संसदलाई सुचारु गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो। बैठकको निर्णय बारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद अवरुद्ध हुनु कुनै पनि हिसाबले उचित नभएको बताए। संसद सुचारु गर्न सरकारको जति नै भुमिका र कर्तव्य प्रतिपक्षको पनि हुने उनले बताए। 

त्यसैगरी समितिको बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको सम्बन्धमा पनि छलफल गरिएको उनले जानकारी दिए। सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री कार्कीले राष्ट्रिय सभा निर्वाचनको निम्ति गठबन्धनले समिति बनाएको र समितिले काम सुचारु गर्ने पनि बताए।

Skip This
Skip This
Logo