नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काेराेना संक्रमण देखिएको छ।
उनकी छोरी गंगा दाहालले दिएकाे जानकारी अनुसार पीसीआर परीक्षण गर्दा प्रचण्डमा कोरोना पोजेटिभ देखिएको हाे। गंगाले सामाजिक संजाल ट्विटर मार्फत यसकाे जानकारी दिएकी हुन्।
गंगाले ट्विटरमा लेखेकी छन्, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ। अध्यक्षको सम्पर्कमा आउनुहुने सबैले सावधानी अपनाउनुहोला। आइसोलेशनमा बस्नुपर्ने भएकाले पूर्व निर्धारित सम्पूर्ण भेटघाट र कार्यक्रमहरू रद्द गरिएको छ।’
शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको छ। प्रचण्ड अहिले आफ्नै निजी निवासमा होमआइसोलेसनमा छन् ।
प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनको निजी सचिवालयले भनेको छ।
माओवादी नेताहरुमा कोभिड संक्रमण देखिन थालेपछि प्रचण्डले पछिल्लो समय भेटघाट बन्द गरेका थिए ।
यता नेता नारायणकाजी श्रेष्ठ पनि काेराेना संक्रमित भएपछि आइसोलेशनमा बसेका छन्।





























प्रतिक्रिया