नेकपा (एमाले) धनकुटाको सातौँ अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास थालिएको छ ।
शनिवार बिहानबाट बन्द सत्र सुरु भएसँगै अध्यक्षका उम्मेदवार इन्द्रमणी पराजुली, निरन राई, चिन्तन तामाङ र शिव आङ्लासँग सहमतिका लागि नेताहरूले प्रयास गरिरहेका हुन् ।
पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला नेतृत्वमा आफू आउनुपर्ने उनीहरूको तर्क छ ।
जिल्ला अधिवेशनबाट पाँच जना पदाधिकारी र ८५ जना सदस्य निर्वाचित हुने छन् । अधिवेशनका लागि ७ वटै पालिकाबाट करिब ९ प्रतिनिधि सहभागी छन् ।































प्रतिक्रिया