नेकपा एमाले अर्घाखाँचीको सन्धिखर्कमा जारी अधिवेशनले पदाधिकारीहरूसहित जिल्ला कमिटीको टुंगो सर्वसम्मत रूपमा लगाएको छ।
नेतृत्वसहित जिल्ला कमिटी चयनको लागि भएको लामो रस्साकस्सीपछि पीताम्बर भुसालको नेतृत्वमा ९० सदस्यीय नयाँ कार्यसमितिको टुंगो लागेको हो।
जसको उपाध्यक्षमा ईश्वरा पोख्रेल, सचिवमा विधान रायमाझी, उपसचिवमा शम्भु पोख्रेल र भीम केसी लगायत निर्विरोध चयन भएका छन् । यद्यपि यो समाचार तयार पार्दासम्म निर्वाचन समितिले औपचारिक घोषणा भने गरिसकेको छैन ।
अधिवेशनको शुक्रबार एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीले उद्घाटन गरेका थिए ।




















