देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको छः गगन थापा

देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको छः गगन थापा

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन्। महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताएका हुन्। 

विनायक सिद्धी कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए। महामन्त्री थापाले नेपाललाई योभन्दा धेरैमाथि पुर्याउने संकल्पसहित आफूले अबको १०/१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहोर्याए।

उनले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनु पर्नेमा पनि जोड दिए।महामन्त्री थापाले देशलाई समस्या खडा गर्नेहरुको आवश्यकता नभएको स्पष्ट पारे।

Skip This
Skip This
Logo