एमाले रसुवाको अध्यक्षमा पुनः कर्णेल लामा

एमाले रसुवाको अध्यक्षमा पुनः कर्णेल लामा


एमाले रसुवाको अध्यक्षमा कर्णेल लामा पुनः दोहोरिएका छन्। शुक्रबारदेखि सुरु भएको आठौं जिल्ला अधिवेशनले लामालाई पुनः जिल्ला अध्यक्षमा चयन गरेकाे हाे।

उपाध्यक्षमा डिल्ली सुवेदी, सचिवमा जनार्दन ढकाल, सहसचिवमा कैसाङ नुर्पु तामाङ, बेली बुलुन चयन भएका छन्। उनीहरू सर्वसम्मत चयन भएका हुन् ।

नयाँ नेतृत्व चयनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरिएको थियो। माधव अर्यालको संयोजकत्वमा छोवाङ तेन्जिन तामाङ, कुलप्रसाद भट्ट, तेब्रेल तामाङ, सरिता लम्साल सदस्य रहने गरी निर्वाचन कमिटी गठन गरिएको थियो। 

एमाले रसुवामा ९० सदस्यीय नयाँ कार्यसमिति चयन हुने बताइएको छ। अध्यक्षका लागि कर्णेल लामा र अशोक घिमिरेले दाबी गरेका थिए। राति अबेरसम्म भएको छलफलपछि लामा निर्विरोध चयन भएका हुन्। जिल्लाभरिबाट पाँच सय ५६ जना प्रतिनिधि नयाँँ नेतृत्व चयनका लागि सहभागी थिए।

Logo