श्रेष्ठलाई अध्यक्ष घोषणा गरेपछि एमाले मकवानपुरमा असन्तुष्टि, लम्साल पक्ष कानुनी प्रक्रियामा जाने

श्रेष्ठलाई अध्यक्ष घोषणा गरेपछि एमाले मकवानपुरमा असन्तुष्टि, लम्साल पक्ष कानुनी प्रक्रियामा जाने

केन्द्रबिन्दु
0
Shares

एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। तर, अध्यक्षका अर्का आकांक्षी बद्री लम्सालले एकपक्षीय रूपमा अध्यक्षसहितको टिम घोषणा भएको भन्दै असन्तुष्टि जनाएका छन्। 

एमाले मकवानपुरको ११औं जिल्ला अधिवशेनमा लम्सालको पनि अध्यक्षमा उम्मेद्वारी थियो । सर्वसम्मतिमा नेतृत्व चयन गर्ने भन्दै शनिबार अधिवेशन स्थगित गरी आइतबार बिहान श्रेष्ठको अध्यक्षतामा एक सय पाँच सदस्यीय जिल्ला कमिटी बनाइएपछि एमाले मकवानपुरमा तीव्र असन्तुष्टि देखिएको हाे। 

अध्यक्षका आकांक्षी लम्सालले आफूले उम्मेदवारी फिर्ता नलिएको अवस्थामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरेर लोकतन्त्र विरोधी कार्य गरिएको टिप्पणी गरेका छन्। उनले आवश्यक कानुनी प्रक्रियामा जाने प्रतिक्रिया दिएका छन्। 

Logo