एकल आमाका सन्तानले नागरिकता पाउनुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन

एकल आमाका सन्तानले नागरिकता पाउनुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

जन्मसिद्ध र एकल आमाको सन्तानले नागरिकता पाउनुपर्ने माग राखेर काठमाडौंमा प्रदर्शन गरिएको छ। 

नागरिकताविहीन नागरिक संघर्ष समितिले आइतबार काठमाडौंको माइतीघर मण्डलामा नेपालको संविधानको धारा ११ को उपधारा ३ र ५ अनुसार जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेको हो। 

राज्यले आफूहरूलाई नागरिकता नदिएर गैरनागरिक बनाउन खोजेको उनीहरूको आरोप छ। साथै नागरिकता विधेयक संसदबाट पारित गर्न पनि उनीहरूको माग छ। 

माइतीघरमा जम्मा भएर उनीहरूले नयाँ बानेश्वरसम्म र्याली निकालेका थिए । 

Logo