एमालेले छान्यो ३६ जिल्लाको नेतृत्व, यी हुन् अध्यक्ष (सूचीसहित)

एमालेले छान्यो ३६ जिल्लाको नेतृत्व, यी हुन् अध्यक्ष (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको जारी जिल्ला अधिवेशनबाट हालसम्म ३६ जिल्लामा नेतृत्व चयन गरेको छ।शुक्रबारदेखि एकैचोटी शुरु भएको एमालेको जिल्ला अधिवेशनमध्ये हालसम्म ३६ जिल्लाले नेतृत्व टुंग्याउन सफल भएका हुन्। 

देशभरि सर्वसम्मत नेतृत्व चयन गर्न केन्द्रीय नेतृत्वले पहल गरेपनि अध्यक्ष बाहेकका पदमा प्रायः ठाउँमा मतदान हुँदैछन्। केही जिल्लामा अध्यक्षको समेत मतदान भएको छ। पश्चिम नवलपरासी र कपिलवस्तुमा चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएका छन्। एमालेले प्यानल बनाएर चुनाव लड्न निषेध गरे पनि कतिपय जिल्लामा प्यानल नै बनाएर प्रतिस्पर्धा हुँदैछन्।

यी हुन् नेतृत्व चयन भएका जिल्लाहरु :

प्रदेश १

१. झापा – दीपक कार्की
२. मोरङ – ऋषिकेश पोखरेल
३. खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम – तेजमान कन्दङवा
६. पाँचथर – राजकुमार भण्डारी
७. भोजपुर –शरण राई

प्रदेश २
१. सप्तरी – ताराकान्त चौधरी

वागमती
१. धादिङ – भूमी त्रिपाठी
२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
३. भक्तपुर – बचन देउजा
४. रसुवा – कर्णेल तामाङ
५. रामेछाप – आनन्दकुमार श्रेष्ठ
६. नुवाकोट – बद्री मैनाली
७. मकवानपुर – एकलाल श्रेष्ठ
८. काठमाडाैं – दीपक निराैला

गण्डकी
१. गोरखा – प्रेम गुरुङ
२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३. म्याग्दी – देवेन्द्र केसी
४. लमजुङ – कृष्णप्रसाद अधिकारी

लुम्बिनी
१. पाल्पा – धनेन्द्रराज घिमिरे
२. गुल्मी – बालकृष्ण काउछा मगर
३. अर्घाखाची – पिताम्बर भुसाल
४. बाँके – किस्मत कुमार कक्षपती
५. बर्दिया – लालबहादुर श्रेष्ठ
६. दाङ – हुकुमबहादुर बस्नेत
७. रुपन्देही – तेजेन्द्र केसी
८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)
९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)

कर्णाली
१. डोल्पा – शेरबहादुर बुढा
२. सल्यान – गोविन्द पुन मगर
३. जुम्ला – शान्तिलाल महत

सुदूरपश्चिम
१. डडेल्धुरा – प्रकाश साउद
२. बैतडी : सुरेन्द्र पाल

गैरभौगोलिक जिल्ला :
१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष – उमेश ढकाल
 

Logo