संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी माघ १६ गते बोलाइएको छ। यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड महामारीका कारण पछि सरेको हो।
संघीय संसदका महासचिव डा.भरतराज गौतमले आइतबार विज्ञप्ति जारी गरि प्रतिनिधिसभाको निर्धारित बैठक पछि सारिएको जानकारी दिएका हुन्।
सरकारले २५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मापदण्ड नै लागू गरेको छ। कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै सरकारले भेला, सेमिनार, राजनीतिक गतिविधिमा रोक लगाएको छ। त्यसैले संघीय संसद् बैठक पनि पछि सरेको हो।





























प्रतिक्रिया