प्रचण्ड–नेपाल पक्ष : ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि कारबाही (भिडियोसहित)

प्रचण्ड–नेपाल पक्ष : ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि कारबाही (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि हटाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको हो । बैठकपछि संचारकर्मीहरुसँग बोल्दै नेता नारायणकाजी श्रेष्ठले पार्टीको अध्यक्षसमेत रहेका ओलीलाई पार्टी अनुशासन उल्लंघन गरेकोले कारबाही गरेको बताए। प्रधानमन्त्रीले संसद विघटन गरे लगत्तै असन्तुष्ट बनेका प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई यसअघिको बैठकले कारबाही किन नगर्ने भनि स्पष्टीकरण सोधेको थियो ।

यस्तै आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा स्थायी समिति सदस्य गंगालाल तुलाधरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । प्रचण्ड नेपाल पक्षको स्थायी कमिटीको अर्को बैठक दुई दिनपछि बस्ने भएको छ ।

Logo