प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, समन्वय समितिको बैठक बोलाउने सहमति

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, समन्वय समितिको बैठक बोलाउने सहमति

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच साेमबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका साथै आगामी स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको बताइएकाे छ। 

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको छलफलमा भोलि मंगलबार सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठक बोलाउने सहमति पनि भएको छ।

कोभिड–१९ बाट सङ्क्रमित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केही दिनयता निजी निवासको आइसोलेसनमा नै स्वास्थ्य लाभ लिइरहेका थिए। आइतबार पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । यसपछि अध्यक्ष प्रचण्डले पुनः राजनीतिक भेटघाटलाई निरन्तरता दिएका छन्।

Skip This
Skip This
Logo