मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलहरुको 'उच्चस्तरीय राजनीतिक समन्वय समिति'को बैठक बसिरहेकाे छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत नेताहरू उपस्थित छन् ।
बैठकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, राष्ट्रिय सभाको निर्वाचन, स्थानीय तहको निर्वाचनको मिति तोक्नेलगायतका विषयमा छलफल भइरहेको बताइएकाे छ।
यस अघि माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भएपछि समितिको बैठक बस्न सकेकाे थिएन। दाहाल संक्रमणमुक्त भएपछि बैठक बोलाइएको हो। यता नेपाल संक्रमणमुक्त नभएकाले उपमहासचिव गंगालाल तुलाधर बैठकमा सहभागी भएकाे बताइएकाे छ।































प्रतिक्रिया