लोसपामा पनि विवाद सुरू, अध्यक्ष ठाकुरद्वारा १७ जिल्लामा एकलौटी रूपमा नेतृत्व चयन

लोसपामा पनि विवाद सुरू, अध्यक्ष ठाकुरद्वारा १७ जिल्लामा एकलौटी रूपमा नेतृत्व चयन

केन्द्रबिन्दु
0
Shares

अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ को अध्यक्षसहित झन्डै १७ जिल्लामा एकलौटी रूपमा नेतृत्व चयन गरेपछि लोकतान्त्रिक समाजवादी पार्टीमा विवाद बढेको छ।

ठाकुरले एकलौटी गरेपछि असन्तुष्ट अर्का नेता राजेन्द्र महतो बबरमहलस्थित कार्यालयमा जानै छाडेका छन्। यसबीचमा ठाकुरविरुद्ध प्रदेश २ का नेताहरूले नै धर्ना दिएका छन्।

आपसी सहमतिविनै प्रदेश २ मा जितेन्द्र सोनललाई अध्यक्ष बनाएको मात्रै होइन, सल्लाह नै नगरी १७ जिल्लामा अध्यक्षको जिम्मेवारी तोकेपछि लोसपामा विवाद भएको हो। जसकारण महतो लगायतका नेता असन्तुष्ट बनेका छन्।

केन्द्रीय कार्यालय नै जान छाड्नुभयो नि ? भन्ने प्रश्नमा महतोले जवाफ दिए, ‘हिजो अस्ति व्यस्त भएकाले नभ्याएर नगएको हो, अब जानेछु।’

प्रदेश २ का अध्यक्ष्देखि १७ जिल्लामा अध्यक्ष ठाकुरले एकलौटी निर्णय गरेको विषयमा प्रतिक्रिया लिन खोज्दा महतोले हाँस्दै भने, ‘अध्यक्ष हुन्, अलिअलि त पेलिहाल्छन् नि, यो त अध्यक्षको धर्म नै हो नेपालमा। जे होस्, हामी मिलाउँदैछौं।’ 

Skip This
Skip This
Logo