राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई कोरोना संक्रमण

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा तिमिल्सिनामा कोरोना पुष्टि भएको हो।

उनको स्वास्थ्यवस्था सामान्य रहेको र बालुवाटारस्थित सरकारी निवासमा होम आइसोलेसनमा रहेको तिमिल्सिनाको सचिवालयले जनाएको छ।

स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै उनी केही दिन आइसोलेशनमै रहने सचिवालयले जनाएको छ।

Skip This
Skip This
Logo