काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला डिस्चार्ज भएका छन् । शनिबार काठमााडौंको चाबहिलस्थित ओम् अस्पतालबाट डा. को सल्लाह अनुसार उनी डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्ज हुँदा महामन्त्री कोइरालाले सम्पूर्णलाई धन्यवाद दिएका छन् । अस्पतालबाट डिस्चार्ज भएसँगै घरमा आइसोलेसनमा बस्ने उनको भनाइ छ । उनले भनेका छन्–‘मेरो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसंगै आजै ॐ अस्पतालबाट डिस्चार्ज भएको छु । चिकित्सकको सल्लाह बमोजिम अब केहि दिन होम आइसोलेशनमै रहने छु ।’
त्यस्तै उनले थपेका छन्–‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थ लाभको कामना गर्नु हुने सम्पूर्ण दिदी बहिनी तथा दाजु भाईहरु, नेता तथा कार्यकर्ताहरु, पत्रकार मित्रहरु तथा उपचारमा संलग्न डा. विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु ।’
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलसनमा बसेका महामन्त्री कोइराला अस्पताल भर्ना भएका थिए । निमोनियाको शंका लागेपछि मंगलबार साँझ ८ बजे उनलाई ओम् अस्पताल भर्ना गरिएको थियो । उनलाई गत भदौ २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।





























प्रतिक्रिया