देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा बढ्यो : नेता गुरुङ

देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा बढ्यो : नेता गुरुङ


नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का नेता देव गुरुङले देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेकाले त्यसका विरुद्ध सजग हुनुपर्ने बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले विश्वव्यापीकरणका कारण देशको भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने चुनौती थपिएको बताएका हुन्। 

अन्तर्राष्ट्रियरुपमा हाबि भइरहेका संस्कार, संस्कृति र चिन्तनहरुले नेपाली संस्कार र संस्कृतिहरुलाई विस्थापित अथवा निरुत्साहित पार्ने खतरा रहेको उनले बताए। नेता गुरुङले सांस्कृतिक अतिक्रमणका विरुद्धमा सजग रहनुपर्नेमा जोड दिए। उनले देशभित्रका पनि एउटा समुदायले अर्को समुदायको संस्कार र संस्कृतिको अतिक्रमण गरिरहेको उल्लेख गर्दै त्यसबाट पनि सजग रहनुपर्ने बताए। 

उनले नेपाली जनताले अंगिकार गरेको सबै भाषा, संस्कृतिलाई समानरुपमा मान्यता स्थापित गर्दै संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्ने बताए।

Logo