रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न सरकारलाई निर्देशन

रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न सरकारलाई निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संसदीय समितिले तत्काल नेपालमा कृषि मल कारखाना स्थापनाका लागि काम अगाडि बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले कृषकहरुले बाली लगाउने समयमा रासायनिक मलखादको अभाव हुने समस्या विगतदेखि नै भोग्दै आएकोले समस्या समाधानतर्फ मन्त्रालयलाई गम्भीर हुन समितिले निर्देशन दिएको हो ।

जीविकोपाजर्नको आधार र कूल ग्राहस्त उत्पादनमा प्रमुख योगदान पु¥याउने कृषि क्षेत्रमा मलको माग उच्च रहकाले देशभित्र नै मल कारखाना स्थापनाका लागि विलम्ब नगरी आवश्यक प्रकृया अगाडि बढाउन कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई निर्देशन दिएको छ । आज गरिएको छलफलपछि समितिले नेपालमा आवश्यक मलको मौज्दात र आयात प्रकृयामा रहेको मलको परिमाणका आधारमा आगामी दिनमा अभाव नहुने कुरामा सजग हुन पनि मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति पूर्णकुमारी सुवेदीले बताइन् ।

त्यस्तै समितिले कृषकहरुलाई समयमै मल उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन र चालु आर्थिक वर्षमा रासायनिक मल आयात गरिएको मलको परिणाम र वितरणको तयारीका विषयमा विस्तृत विवरण ७ दिनभित्र समितिमा पेश गर्न पनि निर्देशन दिइएको छ । अहिले देशभर ५० प्रतिशत कृषकले मात्रै सरकारी अनुदान प्राप्त गरिरहेको सन्दर्भमा मलमा दिएको अनुदानलाई पुनरावलोकन गरी सबै किसाहरुलाई रासायनिक मल अनुदानमा दिन तराई र मध्य पहाडी जिल्लामा गोदाम घरको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको समिति सभापति सुवेदीले बताइन् ।

त्यस्तैगरी समितिले मल क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि मन्त्रालयले बनाएका अल्पकालीन र दिर्घकालीन योजनाहरु अविलम्ब समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

Skip This
Skip This
Logo