स्थानीय तहको निर्वाचन वैशाखभित्रै हुनु पर्छ : एमाले

स्थानीय तहको निर्वाचन वैशाखभित्रै हुनु पर्छ : एमाले

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दबाब दिएकी छिन् ।

सोमबार नेकपा (एमाले)को केन्द्रिय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव अर्यालले सरकारले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्ने बताएकी हुन् । उनले स्थानीय तहको निर्वाचन वैशाख महिनाभित्रै सक्नुपर्ने पनि बताइन् । 

सचिव अर्यालले एमसीसीको विषयमा सरकारले छलफल अगाडि बढाउन खोजेको भएपनि संसदमा दर्ता हुने/नहुने एकिन नभएको बताइन्। एमसीसी संसदमा दर्ता भएको अवस्थामा मात्रै एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उनको भनाइ थियो। 

पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रिय कार्यालय टिमको बैठकले पार्टीको जिल्ला अधिवेशन र भर्खरै सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको सम्बन्धमा समीक्षा गरेको सचिव अर्यालले जानकारी दिइन्।

Logo