भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई कारबाहीको माग गर्दै नागरिक अगुवाहरुले सत्ता गठबन्धनका नेताहरुलाई पत्र बुझाएका छन्।
मन्त्री यादवले केही दिन अघि गौर हत्याकाण्ड दोहोर्याउने धम्की दिएकी थिइन्। २०६३ चैतमा भएको उक्त नरसंहारमा तत्कालीन मधेसी जनाधिकार फोरमका कार्यकर्ताले तत्कालीन नेकपा (माओवादी)का २८ जना कार्यकर्ताको हत्या गरेका थिए।
नागरिक अगुवाहरुले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका दलका अध्यक्षलाई पत्र पठाएका हुन्। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई पत्र पठाइएको हो।
डा. केदारनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले नेताहरुलाई पत्र लेखेका हुन्। दलका नेताहरुलाई पठाइएको पत्रमा आफूहरु मन्त्री यादवको राजीनामाको मागमा अडिग रहेको पनि उनीहरुले उल्लेख गरेका छन्।































प्रतिक्रिया