खोप प्रकरणबारे छानबिन गर्न राष्ट्रिय युवा संघले अख्तियारमा उजुरी दिने

खोप प्रकरणबारे छानबिन गर्न राष्ट्रिय युवा संघले अख्तियारमा उजुरी दिने

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) निकट नेपाल राष्टिय युवा संघ नेपालले खोप प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको संलग्नता रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने भएको छ।  

युवा संघले २४ लाख खोप हराएकाे प्रकरणमा मन्त्री खतिवडा र अन्य संलग्नमाथि छानबिनको माग गर्दै अख्तियारमा उजुरी दिने भएकाे हाे।

युवा संघका संयोजक किरण पौडेलले साेमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार मुद्दा दर्ता गर्ने कार्यक्रम रहेको भन्दै समाचार संकलन गर्न मिडियाकर्मीहरुलाई उपस्थितिको लागिसमेत आग्रह गरेका छन्।

Logo