नेविसंघको महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय छिट्टै लिन्छ : गगनकुमार थापा

नेविसंघको महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय छिट्टै लिन्छ : गगनकुमार थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनभित्रै नेपाल विद्यार्थी संघको महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन्।

महामन्त्री थापाले यही हप्ताको शुक्रबार पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिने बताएका हुन्। उनले महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न पनि नेविसंघका नेता, कार्यकर्तालाई निर्देशन दिए। 

मंगलबार नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तासँग पार्टी कार्यालय सानेपामा भएको भेटमा महामन्त्री थापाले नेविसंघभित्र देखिएको समस्या समाधान गर्ने काम सोही संगठनको भएको उल्लेख गर्दै पार्टीको तर्फबाट भने त्यसका लागि आवश्यक निर्णय गर्न ढिलाई नहुने बताए। 

महामन्त्री थापाले विगतमा पार्टीले निर्णय गर्दा पनि नेविसंघभित्रकै समानान्तर गतिविधिका कारण यसको महाधिवेशन हुन नसकेको पनि स्मरण गराए। त्यसक्रममा नेविसंघका नेताहरुले महाधिवेशन छिटो सम्पन्न गराएर क्याम्पसहरुको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने काममा सहयोग गरिदिन आग्रह गर्दै महामन्त्री थापालाई अनुरोध पत्र बुझाएका थिए।

Skip This
Skip This
Logo