माधवकुमार नेपालसँग गृहमन्त्री खाणकाे भेटवार्ता

माधवकुमार नेपालसँग गृहमन्त्री खाणकाे भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाणले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्। खाणले बुधबार बिहान अध्यक्ष नेपालको निवास काेटेश्वरमै भेटेका हुन्। 

मावन नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार भेटमा खास विषयमाथि कुराकानी भएको छैन। उनले भने, ‘यो नियमित भेटघाट हो। खास विषय केही थिएन।’ 

तर निर्वाचन आयोगले सरकारलाई आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन मिति सिफारिस गरेकोप्रति माधवकुमार नेपाल सन्तुष्ट छैनन्। उनको चाहना भने आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्नु पर्ने भन्ने छ। यसैकारण गृहमन्त्री खाणले निर्वाचन मिति तोक्नुअघि नेता नेपालसँग राय सल्लाह लिएको स्रोतको दाबी छ। 

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालुवाटार गएका छन् । 

Logo