प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच स्थानीय तहको निर्वाचनसहितका विषयमा छलफल भइरहेको छ। 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री र प्रचण्डबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए। 

निर्वाचन आयोगका पदाधिकारीसँग ४ जेठमा निर्वाचन गर्न प्रधानमन्त्री सहमत भएको भोलिपल्ट बुधबार प्रचण्ड बालुवाटार पुगेका हुन्।

मंगलबार बालुवाटार पुगेका निर्वाचन आयोगका पदाधिकारीसँग ४ जेठमा स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री सहमत भएका थिए। सोही बेला आयोग पदाधिकारी र गृह मन्त्रालयलाई निर्वाचनको तयारी थाल्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए।

Skip This
Skip This
Logo