प्रदेश १ः सरकारले जनहितमा काम गर्न नसकेको पूर्वमुख्यमन्त्री शेरधन राईकाे आरोप

प्रदेश १ः सरकारले जनहितमा काम गर्न नसकेको पूर्वमुख्यमन्त्री शेरधन राईकाे आरोप

केन्द्रबिन्दु
0
Shares

पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै उनले जनादेशबाट नभएर अध्यादेशमार्फत सरकार बनेको र तीन महिनासम्म पनि काम गर्न नसकेको आरोप लगाएका छन्। 

सरकारको असक्षमताप्रति मुख खोल्न र खबरदारी गर्न ढिला भइसकेको भन्दै उनले तीन महिनासम्म सरकार बाँडिचुँडी खान मात्र लागिपरेको आरोप लगाए। 

यसका लागि मन्त्रालयहरू टुक्रयाएको र मन्त्री नियुक्ति नभएको मन्त्रालयमा दुई दुई जना स्वकीय सचिव नियुक्त गरेको उनको आरोप छ। पुँजीगत खर्च र महत्वपूर्ण विकास आयोजनाहरुको बजेट कटौती गरेको राईले बताए। 

प्रदेश १ मा अहिले राजेन्द्रकुमार राई नेतृत्वको सरकार छ।

Logo