नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेका छन्।
पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गर्दै कोण सभा गरेको हो । जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै केन्द्रीय संघर्षका कार्यक्रम अन्तर्गत प्रदर्शनसहित कोणसभा गरिएको हो। जनताको दैनिक जीवनसँग जोडिने आधारभूत वस्तुको मूल्यवृद्धि गरेकाले तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरे।
हेर्दा पेट्रोलियम पदार्थमा मात्र मूल्यवृद्धि भएको जस्तो देखिए पनि यसले चौतर्फी असर पार्ने भन्दै उनीहरुले मूल्यवृद्धि फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन्।
‘पेट्रोलिय पदार्थमा मूल्यवृद्धि हुँदा गाडि भाडा बढ्छ, ढुवानी खर्च बढ्छ, ढुवानी खर्च बढ्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्छ, उद्योग कलकारखानाको लागत खर्च बढ्छ।’ कोण सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य उदयपुर र ओखलढुंगा इन्चार्ज विवेक कुमालले बताए, ‘यसले समग्र जनताको दैनिकीमा असर गर्छ। यसले जनताको चुलो चुलोमा महंगी बढाउँछ।
उनले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दा झन् बढाएकोमा आक्रोश पोखे । ‘रक्सौलमा ८४ रुपैयाँमा पाइने पेट्रोलको मूल्य नेपालमा किन १४२ रुपैयाँ पुग् ? उनले भने अहिले देशमा संसद् संसद् जस्तो छैन, सरकार सरकार जस्तो छैन, अदालत अदालत जस्तो छैन। सबैका मुख्य जड दलाल संसदीय व्यवस्या हो ’ उनले भने, ‘यो व्यवस्थामा जनताको मुक्ति सम्भव छैन। यसैगरि केही समय धकेल्न त सकिएला, समय कटाउन त सकिएला तर वास्तविक समस्याको समाधान हुँदैन। यो व्यवस्थाको विकल्प खोज्नुपर्छ।'
मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरि साविकको बिक्री मूल्यमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएर पेट्रोलको प्रतिलिटर रु १४२, डिजेल र मट्टीतेलको प्रतिलिटर रु १२५ कायम भएको थियो। यसको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले एक हप्ताको आन्दोलन घोषणा गरेको थियो। शुक्रबार नेपाल आयाल निगम घेराउको कार्यक्रम रहेको जनाएका छन्। कोण सभामा जिल्लास्थित जनवर्गिय संगठनका नेता तथा जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल, नगर इन्चार्जहरुको उपस्थिति रहेको थियो।





























प्रतिक्रिया