गृहमन्त्री बालकृष्ण खाणले आफूले मन्त्रालय सम्हालेपछिको ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन्। खाणले कार्यकालमा भएका नीतिगत र कार्यगत प्रगति विवरण बिहीबार सार्वजनिक गरेका हुन् ।
७१ बुँदे प्रगति विवरणमा संस्थागत नीतिगत तथा कार्यविधिमा गरेका सुधार, प्रहरीभित्रका सुधार, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापन र लागू औषध नियन्त्रणका लागि मन्त्रालयबाट भएका प्रगति समेटिएको छ।
यो अवधिमा गृह मन्त्रालयले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी गरेको छ। यस्तै अन्तर प्रदेश प्रहरी परिचालन निर्देशिकाको मस्यौदा तयार भएको, नेपाल प्रहरी र प्रदेश प्रहरीबीच अपराध नियन्त्रण र अनुसन्धान सहयोग समन्वयको कार्यविधि पनि तयार भएको उनले उल्लेख गरेका छन्।
यस्तै गृह मन्त्रालयले निर्वाचन सुरक्षा योजनाको मस्यौदा पनि तयार गरेको छ। राजमार्ग सुरक्षा र अपराध नियन्त्रण तथा अनुसन्धानको कार्ययोजना पनि कार्यान्वयनमा आएको बताइएको छ।
तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, फौजदारी कसुर कैद कट्टा दोश्रो संशाेधन नियमावलीको मस्यौदा र नेपाल प्रहरी नियमावली संशाेधन भइ कार्यान्वयनमा आइसकेको छ। बेवारिसे शव व्यवस्थापन निर्देशिका र हातहतियार खरखजाना नियमावली दशौं संशोधन मन्त्रिपरिषदबाट स्वीकृत भई कार्यान्वयनमा आएको छ।





























प्रतिक्रिया