संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरुको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको बताएका छन् ।
शुक्रवार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले नेताहरुको कारण देश बिग्रिएको बताएका हुन् । नेताहरुको चरित्र असल भएको भए देशको यो हालत नहुने भन्दै उनले नेताहरुको कुदृष्टिका कारण देश बिग्रिएको बताए । देश बिग्रिनुको पहिलो दोष राजनीतिज्ञहरुलाई जाने उनले बताए । मन्त्री आलेले आजको दिनसम्म मन्त्रालय अन्र्तगतको विभिन्न अनियमितताहरुको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको उल्लेख गरे । उनले तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईले बतास समुहसँग सेटिङ गरि सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न निकायहरुमा बतास समुहसँग सम्बन्धित मान्छेहरुलाई राजनीतिक नियुक्ति दिलाएको आरोप पनि लगाएका छन् । उनले भने – ‘पशुपतिमा धर्मशाला बनिसकेपछि त्यसको टेन्डरप्रक्रिया पनि पशुपति क्षेत्र विकास कोषको मिटिङ बसेर मिटिङले पास गरेपछि मात्र टेन्डर गर्न पाउने कुरा हो । परिषद्को मिटिङबाट त्यो पास पनि भएको छैन । हतार हतारमा टेन्डर निकालेर सेटिङमा त्यो पनि उहाँले लिनुभएछ । हेर्दाखेरी सबै प्रक्रिया गलत छ । उहाँ बतासकै पार्टनर रहेछन् डिमप्रसाद पौडेलजी । त्यही मान्छेलाई ल्याएर योगेश भट्टराईजीले के गर्नुभयो, निगमको एमडी बनाउनुभायो । बतासलाई यता धर्मशाला बुझाउनुभयो । यता ल्याएर निगमको एमडी बनाउनुभयो । बतास र धनन्जय रेग्मी पार्टनर । अनि उहाँलाई ल्याएर पर्यटन बोर्डको सिइओ बनाउनुभयो । कस्तो सेटिङ हेर्नुस् । अनि कसरी बन्छ त हाम्रो देश ? सबभन्दा बढी यसको गल्ती भनेको म आफैँलाई भन्छु, नेताहरुले गर्दाखेरी हाम्रो देश बिग्रिएको । नेताहरुको चरित्र असल भएको भए यो नेपाल अहिले यो अवस्थामा हुन्थेन । जम्मै नेताहरुको कुदृष्टिको कारणले गर्दा भएको हो । यो देश बिग्रिने पहिलो कारण भनको पोलिटिसिएन । सेकेण्ड चाहीँ ब्युरोक्र्याट पनि होलान् । तर सबभन्दा बढी दोषी भनेको पोलिटीसिएन हुन् ।’
उनले मन्त्रीहरुले राजनीतिक नियुक्ति दिलाउनको लागि बार्गेनिङ गर्ने गरेको देखेको पनि बताए । मन्त्रीसँग आर्थिक बार्गेनिङ गरेर नियुक्त भएको मान्छेले काम नगर्ने र पैसा कमाउने मात्रै उद्दे्रश्य राख्ने पनि उनले उल्लेख गरेका छन् । उनले भने – ‘कतै चहिच्किचाएर म भन्न चाहान्छु, मन्त्रीहरु कतिपय मैले के देखेको छु भन्दाखेरी कुनै राम्रो लाभको पदमा पठाउनुप¥यो भने पहिल्यै बार्गेनिङ हुँदोरैछ त्यहाँ । अनि बार्गेनिङ भइसकेपछि उसले किन काम गर्छ त ? उसको मुख्य लक्ष्य हुन्छ कसरी कमाउने ? किनकी उसले त बुझाएर आएको हुन्छ नि त । उसको इन्ट्रेष्ट त त्यो हुन्छ नि ।’
मन्त्री आलेले सबै अप्ठ्यारो कानूनहरुलाई संशोधन गरेर पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने बताए । सरकारले पर्यटकीय क्षेत्रको नयाँ गन्तव्य खोजि भइरहेको भन्दै उनले सो गन्तव्यहरुको विश्वभर प्रचार प्रसार गरेर धेरै भन्दा धेरै पर्यटक भित्राउनुपर्नेमा जोड दिए ।
नेताहरुको कुदृष्टिले देश बिग्रिएको होः पर्यटन मन्त्री प्रेम आले
नेताहरुको कुदृष्टिले देश बिग्रिएको होः पर्यटन मन्त्री प्रेम आले
Posted by Kendrabindu – केन्द्रबिन्दु on Friday, 4 February 2022































प्रतिक्रिया