कर्णालीमा भोलि मन्त्रीपरिषद् विस्तार हुँदै, गैरसंसादलाई समेत मन्त्री बनाइँदै

कर्णालीमा भोलि मन्त्रीपरिषद् विस्तार हुँदै, गैरसंसादलाई समेत मन्त्री बनाइँदै

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशमा तीन महिनापछि मन्त्रीपरिषद् विस्तार हुन लागेको छ । १६ कार्तिकमा मुख्यमन्त्रीको शपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि भोलि आइतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् । 

माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया, नेपाली काँग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् ।

गैरसांसद मन्त्री बनाउने भएपछि माओवादी सांसदको विरोध

गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउने भएपछि माओवादीका सांसदहरूले विरोध जनाएका छन् । माओवादी कर्णालीमा सबैभन्दा ठुलो दल हो । माओवादीका संसदीय दलका सचेतक तथा सांसद ठम्बरबहादुर विष्टले गैर सांसदलाई मन्त्री बनाउन लागेपछि सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेखेर विरोध गरेका छन् । ‘पहिला पहिला बुढाबुढीले भन्थे काशी जानु कुतिको बाटो नसमाउनु बाबु । आज यही चरितार्थ भएको छ, माओवादी संसदीय दल कर्णाली प्रदेशमा । यसै पनि चाहे जुनसुकै पार्टी सम्बद्ध सांसद हुन कर्णाली प्रदेशका सांसदहरूको प्रदेश सभामा उनीहरूको भूमिकालाई हेर‍्याे भने कुनै खोट लाउने ठाउँ छैन,’ उनले भने, ‘यो भनेको सांसद हुदाँहुदै गैर सांसदलाई मन्त्री बनाउने अराजनैतिक कदम हो । त्यो पनि पुन एक चोटि कलाविहीन नाटक प्रहसनको दुस्साहस गरिएको छ । हेक्का रहोस् यहाँ कुन व्यक्ति आउँदैछ भनेर जनताबाट मन्त्री बन्ने व्यक्तिको विरोध गर्न खोजेको पटक्कै होइन । तर, राजनैतिक जिन्दगीमा अनेक पापड मोलेर जनताको मन जितेर आएका सांसदलाई धोबीको कुकुर जस्तो घरको न घाटको जस्तो बनाएर जेसिबीले हयाङ्गर लगाएर ताने जस्तोगरी जनताबाट एकै चोटि मन्त्रीमा ल्याउने कुराले अहिले निर्णय गर्ने महाशयहरूलाई जङे बोल्यो बोल्यो, जंगेपछि फर्कँदैन भनेर आफूलाई जंगबहादुर नैं ठाने पनि प्रकारान्तरले निम्न दुष्परिणामरु भोग्नु पर्ने निश्चित प्राय: छ ।’

Skip This
Skip This
Logo