स्थानीय तह निर्वाचन अघि माओवादीले पदाधिकारीकाे जिम्मेवारी बाँडफाँट सक्ने

स्थानीय तह निर्वाचन अघि माओवादीले पदाधिकारीकाे जिम्मेवारी बाँडफाँट सक्ने

केन्द्रबिन्दु
0
Shares

महाधिवेशन सम्पन्न गरेको झन्डै दुई महिनापछि नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न गृहकार्य सुरु गरेको छ।

आगामी २७ माघमा बोलाइएको केन्द्रिय समिति बैठक अघि नै महासचिव लगायतका पदमा सर्वसम्मत गराउने गरि आन्तरिक गृहकार्य बढाएको हो।

गत पुस ११–१९ मा सम्पन्न महाधिवेशनले २ सय ९९ मध्ये अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डसहित २ सय ३६ केन्द्रिय सदस्य चयन गरेर महाधिवेशन सम्पन्न गरे पनि पदाधिकारी चयन गर्न सकेको छैन। मुख्यतः महासचिवका दावेदार बर्षमान पुन उपचारका लागि चीनमा रहेका कारण पनि पदाधिकारी चयन नगरेको माओवादीले २७ माघमा केन्द्रिय समिति बैठक डाकेर पदाधिकारी चयन गर्न लागेको हो।

माओवादीले गत महाधिवेशनबाट पारित गरेको विद्यान अनुसार बरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, १ जना महासचिव, २ उपमहासचिव र बाँकी सचिव रहने गरि १५ सदस्यीय पदाधिकारी बनाउने छ। 

यसैगरि, बैठकले स्थायी समिति, पोलिटब्युरो र बाँकी रहेका खाली कोटामा केन्द्रिय सदस्य रहने गरि गृहकार्य गरेको हरिबोल गजुरेलले सञ्चारकर्मीलाई बताएका छन्। उनका अनुसार स्थानीय तहको निर्वाचनमा लाग्नु पर्ने भएकाले आगामी केन्द्रिय समितिबाट नै बाँकी पदपूर्ति र समितिलाई पूर्णता दिने तयारीमा माओवादी केन्द्रले योजना बनाएको छ।

निर्वाचन आयोगले ४ जेठभित्रै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक र कानुनी बाध्यता रहेको उल्लेख  गर्दै सरकारको ध्यानाकर्षण गराइसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा सो बिषयमा सकारात्मक भए पनि गठबन्धन दलका अन्य नेता अन्यौलमा रहेका कारण अझै निर्वाचनको मिति तय हुन भने सकेको छैन। 

Skip This
Skip This
Logo