संविधानअनुसार देश चल्ने हो, हामीले संविधानलाई चलाउने होइनः एमाले सचिव अर्याल

संविधानअनुसार देश चल्ने हो, हामीले संविधानलाई चलाउने होइनः एमाले सचिव अर्याल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का सचिव पद्मा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताएकी छिन्। 

प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्रविरुद्ध हुने बताएकी हुन्। 

उनले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरिन् । “संविधान, कानुनले तोके अनुसार बेलैमा निर्वाचन हुनुपर्छ, स्थानीय तह पदाधिकारीविहीन स्थितिमा रहन सक्दैन, अर्को कुनै संरचनाले स्थानीय तहको अधिकार प्रयोग गर्न सक्ने परिकल्पना संविधानले गरेको छैन”, अर्यालले भनिन्।

उनले संविधानको कार्यान्वयनमा कुनै पनि पक्षबाट आलटाल गरिए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने बताइन्। उनले भनिन्, “संविधानअनुसार देश चल्ने हो, हामीले संविधानलाई चलाउने होइन।” 

Skip This
Skip This
Logo