प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट रहेको राष्ट्रिय युवा संघ नेपालले सिंहदरबारको आकाशमा कालो बेलुन उडाएको छ ।
आइतबार स्थानीय तह निर्वाचनको मिति घोषणा माग र पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा संघले सिंहदरबारको आकाशमा कालो बेलुन उडाएको हो ।

प्रहरीको हस्तक्षेपका बावजुत पनि युवा संघका कार्यकर्ताहरूले सिंहदरबारको दक्षिण गेट अगाडि कालो बेलुन उडाएका हुन् ।
उक्त प्रदर्शनका क्रममा राष्ट्रिय युवा संघका केही नेता तथा कार्यकर्ता पक्राउसमेत परेका छन्। पक्राउ पर्नेमा राष्ट्रिय युवा संघ केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्यहरू अजित लामा, जयराम लामा र गणेश थापालगायत रहेका छन् ।

पक्राउ परेकाहरूलाई तत्काल रिहाइ नभए देशव्यापी रूपमा सशक्त प्रतिवाद हुने राष्ट्रिय युवा संघले चेतावनीसमेत दिएको छ ।































प्रतिक्रिया