बालुवाटार बैठक : एमसीसीमा सहयोग गर्न ओलीलाई देउवा, प्रचण्डको आग्रह

बालुवाटार बैठक : एमसीसीमा सहयोग गर्न ओलीलाई देउवा, प्रचण्डको आग्रह

केन्द्रबिन्दु
0
Shares

तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्नबाट सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्षीबीच बैठक बसेको थियो। 

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सकिएको हो। 

बैठकमा स्थानीय तह निर्वाचन, एमसीसी, अवरुद्ध संसद खुलाउनेसहितका विषयमा छलफल भएको जनाइएको छ। ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक बालुवाटार पुगेका हुन्। 

एमाले महासचिव शंकर पोखरेलका अनुसार छलफलमा  गठबन्धनका नेताहरुसहित कानुनमन्त्रीसमेत रहेका थिए। उनले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा विस्तृत रुपमा छलफल गरिएको जानकारी दिए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी लगायतका विषयलाई अगाडि बढाउन सहयोग गर्न एमालेसँग आग्रह गरेको उनले जानकारी दिए। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीका सन्दर्भमा र सदन सुचारु गर्न एमालेले सहयोग गरोस् भन्ने अपेक्षा गरेको जानकारी दिए। प्रचण्डले चुनावसम्म सत्तापक्ष र प्रतिपक्षीसँग मिलेर राष्ट्रिय मुद्दाहरुमा जानु पर्ने धारणा राखेका थिए। 

एमालेले एमसीसीमा सत्ता पक्षले दृष्टिकोण राखेपछि आफूहरुले दृष्टिकोण प्रस्तुत गर्ने धारणा राखेको उनले जानकारी दिए । प्रतिनिधि सभाको बैठक सुचारु गराउन आफूहरु तयार रहेको भए पनि सत्ता पक्ष जिम्मेवार नभएको उनले आरोप लगाए। 

'प्रतिनिधिसभामा उपस्थित रहेर भाग लिन चाहन्छौं तर वातावरण बनाउने जिम्मेवारी सत्ता पक्षको हो र सत्तापक्षले सकेको छैन सभामुखका कारण उपस्थित हुन समस्या छ' उनले भने। 

Logo